Sagun Khabar
बैतडीका जोशी गृह मन्त्रालयका उत्कृष्ट कर्मचारी 

बैतडी – बैतडीका नवराज जोशीलाई गृह मन्त्रालयले २०७९ सालको उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरेको छ । निजामती सेवा दिवस २०७९ को अवसरमा बैतडीको दोगडाकेदार गाउँपालिका–३ का जोशी उत्कृष्ट कर्मचारीका रुपमा छनोट भएका हुन् । 

गृह मन्त्रालय सिंहदरबारमा कार्यरत नायब सुब्बा जोशी नगद पुरस्कारसहित सम्मानित भएका छन् । उनलाई दिवसका अवसरमा गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयका सचिव टेकनारायण पाण्डेले प्रशंसा–पत्र र नगद १० हजारसहित पुरस्कृत गरेका हुन् । 

जोशीले गृह मन्त्रालयमा रही इमानदारिता, लगनशिलता एवं दक्षतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरी गृह मन्त्रालयमा पुर्याएको योगदानको कदर गर्दै मन्त्रालयले वर्ष २०७९ को उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरेको हो । 

२०७३ सालमा नायब सुब्बा पदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट निजामती सेवामा प्रवेश गरेका जोशी आयोगमा रहँदा इमानदारिता, लगनशीलता एवं दक्षतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत सम्मानित भइसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update