Sagun Khabar
दशरथचन्द नगर क्षेत्रभित्र भोलि सार्वजनिक बिदा 

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका क्षेत्र भित्र भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । अनन्त चतुर्दशीको अवसरमा जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा विभिन्न क्षेत्रका दर्शनार्थीहरुको सहभागिता रहने भएकाले नगर प्रमुख स्तरीय निर्णय अनुसार भोलि सार्वजनिक बिदा हुने जनाइएको हो । 

भोलि नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी संघसंस्था, शिक्षण संस्था लगायतमा बिदा हुने नगरपालिकाले जनाएको छ । 

Bida1662530855.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update