Sagun Khabar
बैतडीमा छोराको न्वारनमा विद्यार्थीलाई शैक्षिक सामग्री 

बैतडी- बैतडीमा छोराको न्वारनमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ७ काँडा बजार बस्ने सुरेश परियारका छोरा  केशब परियारले  छोराको  न्वारनमा सिङ्गापुर आधारभूत विद्यालयका विद्यार्थीहरुलाइ कापी कलम वितरण गरेको हो ।

वडा नं १ स्थित  सिङ्गापुर  आधारभूत विद्यालयमा अध्यानरत  करिब ९० जना विद्यार्थीहलाई एक÷एक कापी र कलम वितरण गरेको उनले बताए । न्वारनमा मदिरा र मासु पार्टी गर्नुे भन्दा अध्यानरत   बालबालिकाहरुलाई केहि राहत होस भनेर छोराको  न्वारनमा आफुले कापी कलम वितरण गरेको परियाको भनाई छ ।

फजुल खर्च गरेर भव्य कार्यक्रम आयोजना भन्दा समाज सेवामा लगानि लगाउनु पर्छ  भन्ने  भावनाको विकास गराउन नातिको न्वारनमा बालबालिकाहरुलाई शैक्षिक सामग्री दिइएको मेलौली नगरपालिका कार्यपालिका सदस्य सुरेश परियारको भनाई छ ।

बालबालिकाको पठनपाठनमा सहज होस्  भनेर शैक्षिक सामग्री वितरण गरेको र  यसबाट थोरै  भएपनि राहत मिल्ने  अपेक्षा गरको  उनले  बताए । केशब परियार नेपाल प्रहरी हुन्  । उनि अहिले  इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत  छन्  ।  

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update