बैतडीमा लागू औषध चरेश सहित दुई जना भारतीय नागरिक पक्राउ
बैतडी – बैतडीमा लागू औषध चरेश सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । ५ सय मिलिग्राम चरेश सहित भारतको बिहारका २३ बर्षीय ताहिर आलम र २४ बर्षीय लालेश्वर चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
मंगलबार राति बैतडी सदरमुकाम गोठलापानीबाट उनीहरुलाई गस्तीमा खटिएको प्रहरी टोलीले चरेश सहित पक्राउ गरेको प्रहरी प्रवक्ता जोशीले बताए । दुवै जनालाई पक्राउ गरेर लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १६:००
प्रतिक्रिया दिनुहोस्




