Sagun Khabar
बैतडीेमा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडी –बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी  गाउँपालिका  वडा नं  ५ नगराउँकी ५२ बर्षीया गौरा जोशीको आज बिहान घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । 

बिहीबार बिहान घर नजिकैको धरापानी वनमा  घाँस काट्न गएका बेला जोशीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यज्ञराज भट्टले जानकारी  दिए । 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update