Sagun Khabar
धनगढीबाट बेपत्ता भएकी बैतडीकी किशोरी मृत फेला  

बैतडी- धनगढीबाट बेपत्ता भएकी बैतडीकी किशोरी मृत फेला  परेकी छिन्  । जिल्लाको  दशरथचन्द नगरपालिका  वडा नं  ७ माइखर्कका दिपक शर्माकी छोरी आस्था शर्मा  शुक्रबार बिहान  कैलाली भएर बग्ने मोहना नदी किनारमा   मृत भेटिएकी जिल्ला प्रहरी  कार्यालय  कैलालीले जनाएको  छ ।

सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन्। त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो । यहि भदौ २० गते विहान ८ बजे धनगढि उपमहानगरपालिका  १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडि स्कुल जान्छु भनी घरबाट निस्के किशोरीको  आज भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा शव फेला परेको बताएको  छ ।

मृत फेला परेकी किशोरीले  लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको  छ । अहिले  मृतकका आफन्त घटनास्थल पुगेका छन्। प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।  परिवार संगै धनगढी मोहनपुर बस्दै आएकी १५ वर्षिया आस्था  सोमबार देखि बेपत्ता थिइन्  ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update