बैतडी- बैतडीको एक विद्यालयले मृगौला पीडित बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले वडा नं २ का मृगौला पीडित बालक भुवन प्रशाद पन्तको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
मृगौला खराब भएर काठमाण्डौँको कान्तीबाल अस्पतलामा उपचारारत बालक पन्तको आर्थिक अभावले उपचारमा समस्या भएको भन्ने खबर प्राप्त भएपछि शिक्षक कर्मचारी लगायत विद्यालयको तर्फबाट २० हजा रुपैँया सहयोग गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए ।
पाटन २ मा रहेको सिद्धनाथ माविमा कक्षा ६ मा अध्यानरत बालकको उपचारका लागि आर्थिक संकलन अभियान चलाएका महेश पन्तलाई शुक्रबार विद्यालयमा बोलाएर सहयोग रकम हस्तान्त्रण गरिएको उनले बताए ।
समस्या र अप्ठारोमा परेकाहरुलाई सहयोग गर्नुे मानविय धर्म भएकोले बालकको उपचारमा केहि राहत पुगोस् भनेर सहयोग गरिएको जिल्ला समन्वय समिति बैतडी सदस्य समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाटले बताए ।उनले सबैलाई आर्थिक सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
पाटन २ ढुँगेलीका राजेन्द्र प्रशाद पन्तका छोरा भुवन प्रशाद पन्तको आर्थिक अभावका कारण अहिले उपचारमा समस्या भएको छ । मृगौला खराब भएर अस्पताल भर्ना भएका पन्तको डाक्टरले अप्रेसन गर्नुे पर्ने बताए पनि आर्थिक अभावले समस्या भएको बताइएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको मृगौला पीडित पन्तका काका शिवराज वन्तले बताए । पारिवारि स्रोतका अनुसर भुवनलाई एक महिना पहिले कडा खालको ज्वरोले च्यापेको थियो ।
लामो समयदेखि ज्वरो निको नभएपछि उनलाई धनगढी निर्सग अस्पताल लगिएको र चेकजाँच गर्दा मृगौलामा समस्या देखिएपछि काठमण्डौँ लगिएको थियो । काठमाण्डौँमा चेकजाँच गराउँदा मृगौला खराब भइसको र अप्रेसन गरेर फाल्नु पर्ने डाक्टरले सुझाव दिएपछि अहिले समस्या भएको काका पन्तले बताए ।
उनको अहिले कान्ती बाल अस्पताल कठमाण्डौँमा उपचार भइरहेको बताइएको छ । उपचारमा समस्या भएको भन्दै बालकका परिवारले सबैलाई आर्थिक सहयोगका लागि अनुरोध गरेका छन् ।




