बैतडी –पालिकास्तरीय प्रशिक्षणमा जुटेको राष्ट्रिय युवा संघले आज बैतडीको दोगडाकेदारमा प्रशिक्षण सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघका दोगडाकेदार सचिव कृष्णबहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज बिस्ना चन्द प्रमुख अतिथी रहेकी थिइन् ।
यस्तै प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारी, युवा संघका दोगडाकेदार इन्चार्ज जनकबहादुर चन्द, दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्की बिशिष्ट अतिथी रहेका थिए ।
केही दिन पहिला जिल्ला अधिवेशन सम्पन्न गरेको राष्ट्रिय युवा संघले संगठन विस्तार अभियान अन्तर्गत पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले बताए ।
यस्तै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर राष्ट्रिय युवा संघले आफ्ना कार्यक्रमलाई तिव्रता दिएको भण्डारीले बताए ।




