Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकाको प्रवक्तामा प्रताप

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले प्रवक्ता तोकेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले वडा नं ४ का अध्यक्ष समेत रहेका प्रताप महरालाई प्रवक्ताको जिम्मेवारी  दिएको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकले वडा अध्यक्ष महरालाई पालिका प्रवक्ताको  जिम्मेवारी दिने निर्णय गरेको  गाउँपाकिलाका अध्यक्ष अम्मर  बहादुर  कुवँरले  जानकारी  दिए ।
गाउँपालिका सरकार आधिकारीक  सूचनाहरु आदानप्रदान गर्नका लागि महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।  

गाउँपालिकाका निर्णयहरु आधिकारीक  रुपमा सार्वजनिक गर्ने दायित्व प्रवक्ताको रहने गर्दछ । गाउँपालिकाले निर्णयहरु आधिकारीक  रुपमा सार्वजनिक गर्ने दायित्व प्रदान गरेको भन्दै महराले आम नागरिकहरुको सूचनाको हक कार्यान्वयनमा लागि पर्ने बताए । 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update