बैतडी –पालिकास्तरीय प्रशिक्षणमा जुटेको राष्ट्रिय युवा संघले आज बैतडीको सिगासमा प्रशिक्षण सम्पन्न गरेको छ । सिगास गाउँपालिकाको गाँजरीमा गाउँपालिकास्तरीय प्रशिक्षण सम्पन्न गरेको राष्ट्रिय युवा संघका बैतडी इन्चार्ज लोकेन्द्र भण्डारीले बताए ।
राष्ट्रिय युवा संघका जिल्ला कमिटि सदस्य सुरेन्द्रसिंह धामीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम सह–इन्चार्ज देवेन्द्र कुँवर प्रमुख अतिथी रहेका थिए ।
प्रशिक्षण तथा बैठकले सिगास गाउँपालिकामा भुवनसिंह धामीको अध्यक्षतामा २१ सदस्यीय गाउँकमिटि गठन गरेको इन्चार्ज भण्डारीले बताए । अहिले सम्म जिल्लाका पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकामा प्रशिक्षण सम्पन्न भएको राष्ट्रिय युवा संघ बैतडीले जनाएको छ ।
यस्तै आइतबार सुर्नया गाउँपालिका, भदौ २७ गते दशरथचन्द नगरपालिका, भदौ २८ गते पञ्चेश्वर गाउँपालिका, भदौ २९ गते शिवनाथ गाउँपालिका र भदौ ३० गते मेलौली नगरपालिकामा प्रशिक्षण सम्पन्न गरिने राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज भण्डारीले बताए ।




