Sagun Khabar
बैतडीको सुर्नयामा प्रधानमन्त्री स्वरोजागर कार्यक्रममा अनियमितता भएको आरोप 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीयहरुले ५ लाख ४४ हजार बराबरको योजनामा किर्ते गरेको आरोप लगाएका छन् । 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत अनियमितता भएको र यसको सूचना माग गर्दा आफूहरुले सूचना समेत नपाएको स्थानीय रामबहादुर बिष्टले बताए । 

यता जिल्ला प्रशासन कार्यालयले सुर्नयामा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितिता भएको भन्दै निवेदन आएको जनाएको छ । निवेदन आएपछि योजनाको बील भरपाइ समेत पालिकासंग माग गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । तर अहिले सम्म पालिकाले बील भरपाइ उपलब्ध नगराएको उनले बताए । उनले भने ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भनेर निवेदन आएको छ । यो बिषयमा हामीले सोधपुछ गरिरहेका छौं ।’

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update