बैतडी –डिलाशैनी गाउँपालिका क्षेत्रभित्र जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्ने कार्य जारी रहेको छ । गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको भएपनि सो कार्य अझै नरोकिएको पाइएको छ ।
ढुंगा,गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खननमा पालिकाले रोक लगाएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । तर पालिकाको निर्णय उल्लंघन गरेको पाइएकाले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारवाही हुने उनले बताए ।
गाउँपालिकाले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा जरीवाना गर्ने जनाएको छ । गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको भएपनि त्यस्तो कार्य नरोकिएले त्यसमा संलग्नलाई कारवाही गर्ने सूचना उल्लेख गरिएको छ ।
नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा प्रतिट्याक्टर ५ हजार जरीवाना र सवारी साधन समेत जफत गरिने गाउँपालिकाको सूचनामा उल्लेख गरिएको छ ।
जथाभावी नदीजन्य पदार्थको उत्खननले विभिन्न समस्या निम्त्याउने भएकाले गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको प्रवक्ता भट्टले बताए ।





