Sagun Khabar
बैतडीमा एकद्वार संकट व्यवस्थापन केन्द्रबाट एक सय बढी हिंसा प्रभावितले सेवा लिए 

बैतडी –लैंगिक हिंसा प्रभावितहरुका लागि एकै ठाउँबाट सेवा दिने उद्देश्यले स्थापना भएको एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत गएको १० महिनाको अवधिमा एक सय ९ जनाले सेवा लिएका छन् । 

हिंसा प्रभावितहरुलाई कानुनी, स्वास्थ्य, सुरक्षा लगायतका सेवा एकै ठाउँबाट दिने उद्देश्यले एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो । जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा हिंसा प्रभावितहरुलाई सेवा दिने गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा सञ्चालन भइरहेको लैंगिक हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्रले सेवा सञ्चालन गर्दै आएको छ । व्यवस्थापन केन्द्र मनोसामाजिक कार्यकर्ताहरुको समेत व्यवस्था गरिएको र उनीहरुले हिंसा प्रभावितहरुलाई मनोसामाजिक परामर्श दिने गरेको भट्टले बताए । 

यस्तै १० महिनाको अवधिमा ४ सय १५ लैंगिक हिंसा प्रभावितहरुलाई मनोसामाजिक परामर्श दिइएको एकद्वार संकट व्यवस्थापन केन्द्रका मनोसामाजिक विमर्शकर्ता पुनम बस्नेतले बताइन् । यस्तै १ हजार ४१४ पुरुष र ७ हजार १७० महिला गरेर ८ हजार ५८४ जनालाई मनोशिक्षा दिइएको उनले बताइन् । 

यस्तै सोही अवधिमा ४६ जना लैंगिक हिंसा प्रभावितले प्रहरीबाट सेवा प्राप्त गरेका छन् २० ओटा हिंसाका घटना अदालतमा दर्ता भएका छन् । 

लैंगिक हिंसा रोकथाम र न्यूनीकरणका लागि ४६ जना स्वास्थ्यकर्मीहरुलाई लैंगिक हिंसा प्रतिकार्य तालिम दिइएको बताइएको छ ।  
 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update