Sagun Khabar
विद्यालयमा भलिबल खेल्दा हल्ला भएको भन्दै कुटपीट,विद्यार्थी आन्दोलीत 
bidhyarthi.jpg

बैतडी-बैतडीको दशरथचन्द नगरपालिका– ५ सुन्दरखालीका विद्यार्थीले जिल्ला प्रशासन कार्यालय, बैतडीमा धर्ना दिएका छन् । दशरथचन्द माद्यमिक विद्यालयमा भलिबल खेल्दा हल्ला भएको भन्दै कुुटपीट गर्नेलाई कार्वाहीको माग राख्दै विद्यार्थीहरुले जुलुस सहित धर्ना दिएका हुन ।

 स्थानीय सुदीप चन्दले विद्यालयमै आएर कक्षा ९ मा अध्ययनरथ विद्यार्थी प्रेम चन्दलाई कुटपीट गरेको भन्दै न्यायको माग गर्दै विद्यार्थीहरुले जुलुस सहित जिल्ला प्रशासन कार्यालय, बैतडीमा धर्ना दिएका छन् ।  
प्रेम चन्दको घाटी, हात र ढाडमा चोट लागेको विद्यालयले जनाएको छ । भलिबल खेलाइरहेका नेपाली सेनाका खेल प्रशिक्षकमाथी पनि अभद्र ब्यावहार गरेको विद्यार्थीहरुको भनाई छ  ।

बाल अधिकारको रक्षा गरि,  बालबालिकाको स्वतन्त्र रुपमा पढ्ने र खेल्ने अधिकारको रक्षा गर विद्यार्थीमाथी हातपात गर्ने चन्दमाथी कारवाही गर भन्दै  विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले बताए ।

 आरोपित पक्षले भने आफुले कुटपीट नगरेको तर हल्ला नगर्नु भनेको बताएका छन् । घरको सुरक्षाका लागि लगाएको जालीमाथि चढेर पटप–पटक घरमा आउने गरेका र सो काम नगर्न भनेको आरोपित पक्षको भनाई छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update