Sagun Khabar
मृगौला पीडित राजेन्द्रको उपचारका लागि ज्ञानेश्वरका शिक्षक–कर्मचारीले गरे एक दिनको तलब सहयोग 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं २ ढुंगेलीका १३ बर्षीय राजेन्द्रप्रसाद पन्तको उपचारका लागि सहयोग रकम संकलन भइरहेको छ । मृगौलामा समस्या आइ कान्तिबाल अस्पताल काठमाण्डौंमा उपचार गराइरहेका पन्तको उपचारमा सहयोग होस भनेर विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन भइरहेको हो ।

जिल्लाको पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर माविमा कार्यरत शिक्षक –कर्मचारीहरुले पन्तको उपचारमा एक दिनको तलब बराबरको रकम सहयोग गरेका छन् । एक दिनको तलब बराबरको रकम रु २६ हजार पन्तको उपचारका लागि सहयोग गरेको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । 

विद्यालय परिवारका तर्फबाट प्रधानाध्यापक पुष्पराज जोशीले २६ हजार बराबरको चेक पन्तका आफन्तलाई हस्तान्तरण गरेका सहायक प्रधानाध्यापक महराले बताए । 

१३ बर्षीय बालक पन्तको आर्थिक अभावमा उपचार नरोकियोस भनेर विद्यालय परिवारका तर्फबाट सहयोग गरिएको प्रधानाध्यापक जोशीले बताए ।  
 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update