Sagun Khabar
बैतडीको दोगडाकेदारमा भएको डेउडा प्रतियोगीतामा जोशीले मारे बाजी

बैतडी-बैतडीको दोगडाकेदार वडा नं १ रिममा आयोजना गरिएको डेउडा प्रतियोगीता सम्पन्न भएको छ । लोप हुँदै गइरहेको कला, संस्कृतीको जगेर्ना गर्न आयोजना गरिएको देउडा प्रतियोगीतामा डिलाशैनी ७ का गंगादत्त जोशी प्रथम भएका छन् । 

महारुद्र मन्दीरमा हुने पाखा जातको अवसरमा  आयोजाना गरिएको डेउडा प्रतियोगीता भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा लोक बहादुर बिष्ट द्वितिय, बिष्णु दत्त जोशी तितृय भएका छन् । विजेताहरुलाई क्रमशः १५,१० र ५ हजार नगद पुरस्कार सहित प्रमाण प्रदान गरिएको नेपाली कांग्रेस बैतडीका सचिव एवम् कार्यक्रमका प्रमुख अतिथी देवराज जोशीले जानकारी दिए  । यस्तै सुरेन्द्र बहादुर बिष्ट र तारा दत्त जोशीले सान्त्वना पुरुष्कार पाएको जोशीले बताए ।

पछिल्लो समय लोप हुदै गइरहेको कला, संस्कृतीको जगेर्ना गर्न आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रबाट बुद्धिजिवी,समाजसेवी,राजनीतीक दलका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रमका प्रमुख अतिथि देव राज जोशीले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update