Sagun Khabar
राष्ट्रिय युवा संघ नेपाल सुर्नया गाउँ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न 

बैतडी - राष्ट्रिय युवा संघ नेपाल सुर्नया गाउँ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक आइतबार सम्पन्न भएको छ । आउदो मंसिर ४ गते हुने निवार्चनलाई लक्षित गर्दै  राष्ट्रिय युवा संघ नेपालले दश वटै पालिकामा प्रशिक्षण तथा बैठक गरिरहेको छ । 

त्यसकै शिलशिलामा आज सुर्नया गाउँपालिकामा कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भण्डारीले जानकारी दिए । स्थानिय तहमा भएका कमीकमजोरीहरूको समीक्षा साथै आउदै गरेको निर्वाचनको तयारी गर्ने लक्ष्यका साथ राष्ट्रिय युवा संघले प्रशिक्षण तथा बैठक गरिरहेको भण्डारीले बताए । 

सुर्नया गाउँ कमिटी अध्यक्ष बिक्रम बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सुप सह(इन्चार्ज  देबेन्द्र कुवर प्रमुख अतिथि रहेका थिए भने नेकपा एमाले सु।प। प्रदेश कमिटी सदस्य मोहन बिष्ट विशिष्ट अतिथि रहेका थीए । 

यस्तै कार्यक्रममा नेकपा एमाले सुर्नया गाउँपालिका इन्चार्ज  मान बहादुर बिष्ट,जिल्ला कमिटी सचिवालय सदस्य एबम सुर्नया गाउँपालिका निवर्तमान उपाध्यक्ष लिला बिष्ट, पार्टी जिल्ला कमिटी सदस्य मन्जु भट्ट,  सुर्नया ६ का वडा अध्यक्ष मदनराज अवस्थी लगायतको सहभागीता रहेको जनाएको छ  ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update