बैतडी- बैतडीको पाटनमा महिलाहरुको नेतृत्वमा अर्थपुर्ण सहभागीता सम्बन्धीको ३ दिने तालिम सम्पन्न भएको छ । शनिबार देखी सञ्चालन भएको महिला नेतृत्व मञ्चका पदाधिकारीहरुको नेतृत्व विकास सम्बन्धी तालिमको आज एक औपचारीक कार्यक्रमका बिच समापन गरिएको हो ।
बैतडीको पाटन स्थीत ब्लेस होटलमा सञ्चालन भएको कार्यक्रममा निर्वाचित महिला जनप्रतिनिधी र नेतृत्व तहमा आउन चाहने महिलाहरुलाई तालिम दिईएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्द राज जाशीले जानकारी दिए । अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरेको कार्यक्रममा ३ दिन सम्म स्थानिय तहको अधिकार,नितिगत कुराको जानकारी,कानुनमा भएका महिलाहरुको हक अधिकार,म भन्ने शब्द हटाए मात्र देशको विकास गर्न सकिने लगायतका बिषयको जानकारी गराइएको निर्देशक जोशीले बताए ।
कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयर गौरी सिंह रावलले नगरपालिकाका महिलाहरुको हक अधिकारका बिषयमा कहिले पछि नहट्ने प्रतिबद्धता गरेका छन । त्यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका उप प्रमुख कमल सिंह बोहोराले महिलाहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने कुरालाई नगरपालिकाले कार्यान्वयन गरेको र अगामी दिनमा महिला अधिकारका अन्य क्षेत्रमा पनि नगरपलिकाबाट सहयोग गर्ने बताएका छन ।
कार्यक्रममा सहभागी महिलाहरुले ३ दिने तालिमले आफुहरुलाई धेरै कुराको ज्ञान मिलेको बताउदै अगामी दिनहरुमा पनि यस्ता खालका तालिमहरुको आयोजना गरिए आफुहरु सफल नेतृत्वकर्ता बन्नेमा विश्वास जागेको बताएका छन ।




