बैतडी- मिर्गौला पिडित वालकको उपचारको लागि बैतडीको ज्ञानेश्वर नमुना माविमा अध्यानरत छात्रछात्राहरुले आर्थिक सहयोग गरेका छन् । कक्षा १ देखि कक्षा १२ सम्म अध्यानरत विद्यार्थीहरुले दैनिक खाजा खर्चबाट आर्थिक सहयोय गरेका हुन् ।
पाटन नगरपालिका २ का मिर्गौला पिडित भुवन प्रशाद पन्तको उपचारका लागि ६ हजार ६ सय ७० रुपैया सहयोग गरेको विद्यालयले जनाएको छ । आर्थिक अभावमा रहेका पन्तको उपचारकालागी विद्यार्थीहरुले आफ्नै साथहिरुबिच अभियान चलाएर रकम संकलन गरेका हुन् ।
आइतबार मात्रै ज्ञानेश्वर नमुना माध्यामिक विद्यालयका शिक्षक÷कर्मचारीहरुले दिनको पारीश्रमिक बराबर हुन आउने रकम, २६ हजार रुपैया सहयोग गरेका थिए ।
पाटन २ का राजेन्द्र प्रशाद पन्तका १३ वर्षीय छोरा भुवन प्रशाद पन्तको मिर्गौलामा समस्या भएपछि हाल काठमाण्डौको कान्तीबाल अस्पतालमा उपचाररत छन्




