Sagun Khabar
राष्ट्रिय युवा संघ नेपाल पञ्चेश्वर गाउँ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न

बैतडी-राष्ट्रिय युवा संघ नेपाल पञ्चेश्वर गाउँ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सोमबार सम्पन्न भएको छ । आउदो मंसिर ४ गते हुने निवार्चनलाई लक्षित गर्दै  राष्ट्रिय युवा संघ नेपालले दश वटै पालिकामा प्रशिक्षण तथा बैठक गरिरहेको छ ।

हिजो आईतबार मात्रै सुर्नयामा कार्यक्रम गरेको   राष्ट्रिय युवा संघले आज सोमबार पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले जानकारी दिए ।

यस्तै भोलि भाद्र २८ गते शिवनाथ गाउपालिका, २९ गते मेलौली नगरपालिका र भाद्र ३० गते दशरथचन्द नगरपालिकामा कार्यक्रम गरिने जनाएको छ ।  स्थानिय तहमा भएका कमीकमजोरीहरूको समीक्षाका साथै आउदै गरेको निर्वाचनको तयारी गर्ने लक्ष्यका साथ राष्ट्रिय युवा संघले प्रशिक्षण तथा बैठक गरिरहेको भण्डारीले बताए ।  

पञ्चेश्वर गाउँ कमिटी अध्यक्ष प्रकाश चन्दकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बैतडी सह(इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथि रहेका थिए भने नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य रण बहादुर चन्द विशिष्ट अतिथि रहेका थीए ।  यस्तै कार्यक्रममा सुप प्रदेश कमिटी सचिवालय सदस्य गोरख चन्द लगायतको उपस्तिथी रहेको थीयो ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update