बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटको एक विद्यालयमा खानेपानी र शौचालयको समस्या रहेको छ । चार सय बढी बिधार्थी अध्ययनरत उक्त विद्यालयमा खानेपानी र शौचालयको समस्या रहेको बिधालयले जनाएको छ ।
श्री चनैराज मा.वी श्रीकोटमा २०६२ सालमा तत्कालीन गाउँविकास समितिको पहलमा बनेको खानेपानी आयोजना जिर्ण बनेपछि समस्या भएको विद्यालयका प्रधानाध्यापक कैलाश कुमार भट्टले जानकारी दिए ।
पुरानो योजना जिर्ण भएकोले विद्यालयले पानीको अभाव खेप्नु परेको बताएको छ । विद्यालयमा पानी नहुदा सौचालयको, सरसफाइको लागि समेत समस्या रहेको प्रधानाध्यापक भट्टको भनाई छ ।
एक किलोमिटरको दुरिमा पानीको मुहान रहेपनि विद्यालय परिवार संग बजेट नभएको र स्थानीय सरकारलाई पटक पटक गुहार्दा समेत कसैले नसुनेको प्रधानाध्यापक भट्टको गुनासो छ । उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म र डिप्लोमा तहमा समेत पढाई हुने गरेको छ ।




