Sagun Khabar
बैतडीको पञ्चेश्वरमा गरियो विपत जोखीम न्युनिकरण सम्बन्धी डेउडा कार्यक्रम
Deuda program copy.jpg

बैतडीको पञ्चेश्वरमा विपत जोखीम न्युनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बैतडी साखाको आयोजनामा पञ्चेश्वर गाउँपालिका वडा न। १ मा आज मंगलबार कार्यक्रम गरिएको हो । 

कार्यक्रममा विपत आउनु पुर्व तयारीहरू ,विपत आइहाले के गर्ने,विपतमा परेकालाई कसरी उद्धार गर्ने लगायतका बिषयहरू समेटिएका कार्यक्रमका सहभागी राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटी बैतडी साखाले डेउडा प्रतियोगीता मार्फत स्थानीय स्तरमै गइ नागरिकहरूलाई सचेतना जगाइरहेको छ । डेउडा तथा सांगीतिक रूपमा गरिएको कार्यक्रम स्थानीय स्तरमा थप प्रभावकारी हुने भएकोले सचेतनात्मक देउडा खेलिएको आयोजकले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटी उपसाखा मेलौलीका प्रमुख सुरत पार्कीले कार्यक्रमको अध्यक्षता गरेका थिए भने नेकपा एमालेका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सह(इन्चार्ज  लिलाधर भट्ट प्रमुख अतिथि रहेका थिए । विशिष्ट अतिथि पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख चन्द, उपाध्यक्ष बिना भट्ट लगायत कार्यक्रममा अन्य थुप्रैको सहभागीता रहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update