बैतडी - बैतडीको मणीलेक मा बि काँडाले एक औपचारिक कार्यक्रमका बिच ५८ औँ राष्ट्रीय बाल दिवस मनाएको छ । बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुल नाराका साथ बिद्यालयले ५८औँ राष्ट्रीय बाल दिवस मनाएको मणिलेक मा.बिका शिक्षक अर्जुन सिंह कुवरले जानकारी दिएका छन ।
बाल दिवसको अवसर पारि बिद्यालय परिवारले विभिन्न विधामा उत्कृष्ट विधार्थीहरूलाइ पुरुष्कार समेत वितरण गरेको छ ।
दिवसको अवसर पारि भलिबल प्रतियोगिता ,दौड प्रतियोगिता हाजिरी जवाफ,आधारभुत तहमा खेलाईने गोलोे र चम्चा लगायतका प्रतियोगिता र विभिन्न विधामा उत्कृष्ट विद्यार्थिहरुलाई पुरुष्कार वितरण गरेको शिक्षक कुवरले बताए ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर सिंह भाटको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी मेलौली नगरपालिका वडा न।७ का वडा अध्यक्ष राम चन्द्र भट्ट रहेका थीए ।




