Sagun Khabar
सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

बैतडी - मौसमविद् गङ्गा नगरकोटीका अनुसार आज सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

यस्तै, आज राति सुदूरपश्चिम गण्डकी, लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

यसैबीच, आजदेखि पर्सि शुक्रवारसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भइ बहने नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । यी क्षेत्रमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने तथा तथा केहीमा नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रहरू तथा तराईको डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update