बैतडी –बैतडीमा पालिकास्तरीय प्रशिक्षण अभियान सञ्चालन गरिरहेको राष्ट्रिय युवा संघ नेपालले आज बैतडीको मेलौलीमा प्रशिक्षण तथा बैठक सम्पन्न गरेको छ । नेकपा एमालेका मेलौली नगर कमिटि उपाध्यक्ष बिजय नायकको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण तथा बैठकमा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज बिष्ना चन्द, सह–इन्चार्ज देवेन्द्र कुँवर लगायत एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको राष्ट्रिय युवा संघका बैतडी इन्चार्ज लोकेन्द्र भण्डारीले जानकारी दिए ।
राष्ट्रिय युवा संघको संगठन विस्तार र आसन्न चुनावको तयारी स्वरुप प्रशिक्षण र बैठक सम्पन्न गरिएको भण्डारीले बताए । जिल्लाका १० ओटा स्थानीय तह मध्ये ९ ओटा स्थानीय तहमा बैठक तथा प्रशिक्षण सम्पन्न गरिएको भण्डारीले बताए । भोलि (बिहीबार) जिल्लाको दशरथचन्द नगरपालिकामा बैठक तथा प्रशिक्षण सम्पन्न गरिने राष्ट्रिय युवा संघ बैतडीले जनाएको छ ।




