Sagun Khabar
राष्ट्रिय बाल दिवस : बैतडीको सुर्नयामा वक्तृत्वकला 

बैतडी –राष्ट्रिय बाल दिवसको अवसर पारेर बैतडीको सुर्नया गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पालिकाभित्रका माध्यमिक विद्यालयहरुको सहभागितामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 

सो प्रतियोगितामा उदयदेव मावि पालिगाडाका पार्वती भट्ट प्रथम, शंकर संस्कृत मावि मूलखटालीका देवकी अवस्थी द्वितीय, भुवनेश्वरी मावि गोयलीका उषाकिरण भट्ट तृतीय, कैलपाल मावि झाड्बोका महेश महरा र वासुदेव मावि लिस्किटाका हेमन्ती ऐरले सान्त्वना स्थापना प्राप्त गरेका छन् । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार सहित प्रमाणपत्र, द्वितीय हुनेलाई नगद ४ हजार सहित प्रमाणपत्र, तृतीय हुनेलाई नगद ३ हजार सहित प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको सुर्नया बाल सञ्जालका सल्लाहकार विशाल भट्टले जानकारी दिए । 

सुर्नया बाल सञ्जालको आयोजना तथा सुर्नया गाउँपालिकाको सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । सुर्नया बालसञ्जालका अध्यक्ष हिक्मत साउँदको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । सो प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा बिशिष्ट अतिथी रहेकी थिइन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update