Sagun Khabar
सुदूरपश्चिममा भारी बर्षाको सम्भावना 

बैतडी – सुदूरपश्चिमका केही ठाउँमा ठूलो बर्षाको अनुमान गरिएको छ । अबको तीन दिन सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी  पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनी पर्ने उनले बताइन् । 

आज सुदूरपश्चिम सहित लुम्बिनी, गण्डकी, प्रदेश–१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, मौसमविद्ले सडक र हवाईमार्ग हुँदै यात्रा गर्दा मौसमबारे जानकारी लिन पनि सुझाव दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update