Sagun Khabar
बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५८ विद्यालय छनोट, कुन पालिकाका कति विद्यालय ?

 बैतडी – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ५८ विद्यालय छनोट भएका छन् । आइसीटी ल्याब स्थापना, २ कोठे र ४ कोठे भवन निर्माणका लागि ५८ विद्यालय छनोटमा परेका हुन् । 

चालु आर्थिक बर्षमा बैतडीका २१ वटा विद्यालयमा आइसीटी ल्याब स्थापना हुने छ भने ३७ वटा विद्यालयमा दुई तथा चार कोठे भवन निर्माण हुनेछ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिएका २ सय २१ विद्यालयमध्ये सबैभन्दा बढी पुर्चाैडी नगरपालिकाका १३ विद्यालय छनोट भएका छन् । यस्तै मेलौली नगरपालिका ८, सिगास र सुर्नया गाउँपालिकाका ६ ÷६ ओटा विद्यालय छनोट भएका छन् । 

यसैगरी पाटन नगरपालिकाका ५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका समान चार ÷चार वटा विद्यालय छनोटमा परेका हुन् ।  

आइसीटी ल्यावका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ भने दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update