सुदूरपश्चिमका नदीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह
बैतडी –अबको तीन दिन सुदूरपश्चिम क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न नदीहरुमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी प्रदेशका केही नदीहरुमा पनि बाढीको सम्भावना रहेको बताइएको छ ।
अबको तीनदिन सुदूरपश्चिमका बैतडी सहित अछाम,डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
यस्तै गुल्मी, प्युठान, बाग्लुङ, दाङ, बाँके, बर्दिया र सुर्खेतमा पनि उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ ११:४४
प्रतिक्रिया दिनुहोस्




