सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा दार्चुलाका बिष्ट नियुक्त
बैतडी –सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ९ का बिष्टलाई बिहीबार बसेको मन्त्री परिषदको बैठकले बिष्टलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बिष्ट यसअघि प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत रहेका थिए ।
गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत रहेका बिष्टलाई बौद्धिक व्यक्तित्वको रुपमा लिने गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक सञ्जालमार्फत नवनियुक्त उपाध्यक्ष विष्टलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १४:२०
प्रतिक्रिया दिनुहोस्




