Sagun Khabar
राष्ट्रिय युवा संघले बैतडीका १० ओटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो 

बैतडी –राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बैतडीले १० ओटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युवा संघले जिल्लामा नयाँ नेतृत्व चयन गरेपछि १० ओटै स्थानीय तहमा प्रशिक्षण तथा बैठक सम्पन्न गरेको युवा संघ बैतडीका इन्चार्ज लोकेन्द्र भण्डारीले बताए । 

जिल्लाका सबै स्थानीय तहमा संघको संगठन विस्तार र आसन्न चुनावको रणनीति बनाउन प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरिएको भण्डारीले बताए । 

आज जिल्लाको दशरथचन्द नगरपालिका प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघका नगर कमिटि अध्यक्ष नन्दराज बोगटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज बिष्ना चन्द प्रमुख अतिथी रहेकी थिइन् । 

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम सह–इन्चार्ज देवेन्द्र कुँवर बिशिष्ट अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update