Sagun Khabar
सुदूरपश्चिममा आज पनि भारी बर्षाको सम्भावना 

बैतडी – सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज अति ठूलो पानी पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिमका साथै कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

सुदूरपश्चिमका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराइले बताए । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।

मौसमविद्का अनुसार आज देशभर नै पानी  पर्ने सम्भावना छ । भोलि पनि धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update