Sagun Khabar
विश्व हिन्दू विद्यार्थी संघ बैतडीको अध्यक्षमा भट्ट 

बैतडी –विश्व हिन्दू विद्यार्थी संघ बैतडीको अध्यक्षमा उमेश भट्ट नियुक्त भएका छन् । विश्व हिन्दू विद्यार्थी संघको गएको फागुनमा देवघाटमा सम्पन्न भएको प्रथम राष्ट्रिय सम्मेलनको नीति अनुसार भट्टलाई अध्यक्षमा नियुक्त गरिएको बताइएको छ । 

विश्व हिन्दू युुवा संघको सहायक संगठनको रुपमा विश्व हिन्दू विद्यार्थी संघलाई विस्तार गर्ने क्रममा भट्टलाई अध्यक्षमा नियुक्त गरिएको हो । 

विश्व हिन्दू विद्यार्थी संघले मौलिकताको खोजी, सनातन धर्मसंस्कृतिको जगेर्ना, हिन्दू राष्ट्र पुनस्र्थापना र पूर्वीय दर्शनलाई संसारभर फैलाउन काम गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update