बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले काजमा खटाएका आफ्ना कर्मचारीलाई फिर्ता पठाउन आग्रह गरेको छ । दोगडाकेदार गाउँपालिकामा दरबन्दी भइ अन्यत्र खटाएका कर्मचारीहरुलाई यथाशीघ्र फिर्ता पठाउन आग्रह गरेको हो ।
गाउँपालिकाले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै आफ्नो पालिकाबाट काजमा खटाएका कर्मचारीहरुको विवरण समेत दिएको छ । गाउँपालिकामा दरबन्दी भएका कर्मचारीहरुलाई अन्यत्र काजमा खटाउँदा गाउँपालिकाको कामकाज प्रभावित भएको भन्दै पत्र लेखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले बताए ।
यही भदौ ७ गते मन्त्रालयलाई पत्र लेखेको भएपनि कुनै प्रतिक्रिया नआएकाले फेरी शुक्रबार अर्को पत्र पठाएको गाउँपालिकाले जनाएको छ । काजमा खटिएका कर्मचारीका बिषयमा मन्त्रायलयले कुनै जानकारी नदिँदा लोकसेवा आयोगलाई कर्मचारीको विवरण समेत दिन समस्या परेको गाउँपालिकाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले रिक्त कर्मचारीको विवरण माग गरेकाले सो विवरण बुझाउन समेत अन्यौल भएकाले काजमा खटाएका कर्मचारीहरुलाई तत्काल फिर्ता पठाउन आग्रह गरिएको छ । दोगडाकेदार गाउँपालिकामा दरबन्दी भएका १० जना कर्मचारीहरु अन्यत्रै काजमा काम गरिरहेका गाउँपालिकाले जनाएको छ ।
यी हुन् काजमा अन्यत्र काम गरिरहेका कर्मचारी





