Sagun Khabar
नेकपा (एस) सुदूरपश्चिमकी प्रमुख सचेतक विक माओवादीमा प्रवेश 

बैतडी –नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशकी प्रमुख सचेतक दुर्गा विक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । शुक्रबार बिक समाजवादी छाडेर माओवादीमा प्रवेश गरेकी हुन् । 

यस्तै उनीसहित थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं कञ्चनपुर–सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायतले पनि माओवादीमा प्रवेश गरेका छन् । 

उनीहरुलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update