Sagun Khabar
सुर्नया गाउँपालिकाका एक कार्यपालिका सदस्यको निधन

बैतडी -बैतडीको सुर्नया गाउँपालिकाका एक कार्यपालिका सदस्यको निधन भएको छ । एकीकृत समाजवादीबाट कार्यापालिकामा निर्वाचित भएका सुर्नया ५ का प्रेम लुहारको निधन भएको हो  ।

सारिरिक रुपमा अस्वस्थ  ५७ वर्षीय लुहारको शनिबार  दिउसो करिब २ बजे निधन भएको सुर्नया गाउँपालिका ५ का वडा अध्यक्ष केशब बिष्टले बताए ।  

एक हप्ता पहिले मात्रै अस्पतालबाट घर फर्किएका उनको आज घरमै निधन भएको हो । 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update