बैतडी –बैतडीको सिद्धपुर बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । बैतडीको पाटन नगरपालिका १० स्थित सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष प्रजापति पन्तको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा पाटन नगरपालिका वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । सभामा पूर्व वडा अध्यक्ष देवेन्द्र कुँवर र सिद्धपुर स्वास्थ्यचौकीका प्रमुख महेन्द्र बोहरा बिशिष्ट अतिथी रहेका थिए ।
साधारण सभामा सहकारीका कर्मचारी तारादत्त पन्तले अहिले सम्म १ करोड ७१ लाख ३९ हजार ५३४ रुपैंयाको कारोबार भएको जानकारी दिए ।
६ सय २८ जना शेयर सदस्य रहेको सहकारीले नियमित बचत, बाल बचत, ऐच्छिक बचत र मासिक बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ । बार्षिक साधारण सभामा सहकारी संस्थाका शेयर सदस्यका साथै अन्य सरोकारवालाहरुको पनि उपस्थिती रहेको थियो ।




