Sagun Khabar
बैतडीको दनपा १ र २ मा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न 

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गरेर एमालेले बैतडीमा भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ । बुधबार बैतडीको दशरथचन्द नगरपालिका वडा नं. १ गुरुखोला र वडा नं. २ देहीमाण्डौंमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको एमालेका नगर कमिटि सचिव मनोज बोहराले बताए । 

भेलामा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्ट, प्रदेश कमिटि सदस्य पुष्करराज जोशी र धर्मानन्द भट्ट, जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारी, नगर कमिटि इन्चार्ज निर्मल पाण्डे, सहइन्चार्ज सूर्यबहादुर बोहरा लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

अगुवा कार्यकर्ता भेलामा गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट सदस्य पदमा चुनाव लडेका हरिना बोहरा र नन्दा लावड सहित विभिन्न पार्टीबाट ३० जनाले पार्टी प्रवेश गरेको सचिव बोहराले बताए । 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update