Sagun Khabar
बैतडीमा सेवा प्रदायकलाई क्षमता अभिबृद्धि तालिम 

बैतडी –लैङ्गिक र युवामैत्री सेवाका लागि सेवा प्रदायकहरुलाई तीन दिने क्षमता अभिबृद्धि तालिम बैतडीमा शनिबारदेखि सुरु भएको छ । युरोपियन युनियन र अक्सफामको सहयोगमा सञ्चालित युवाको नेतृत्वमा जेशीको पहल परियोजना अन्र्तगत सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामले तालिम आयोजना गरेको हो । 

तीन दिन सम्म चल्ने तालिममा दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुश्कर राज जोशी, उप प्रमुख कौसिला चन्द, पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावल, उप प्रमुख कमल बोहरा , वडा अध्यक्ष, नगरपालिकाका बिभिन्न शाखा प्रमुखहरु, जिल्ला प्रहरी, महिला सेल, सुरक्षित गृह, मेलमिलापकर्ता,  पत्रकार लगायतको सहभागिता रहेको छ । 

तालिममा सेवा प्रदायक र स्थानीय तहको शासन पद्धति, स्थानिय तहमा सेवा प्रदायक संग जोडिएका मुख्य आयामहरुको परिदृश्य, सवालहरुको पहिचान र पैरवी, सामाजिक शसक्तिकरणमा सेवा प्रदायहकहरुको भुमिका, लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण योजना तर्जुमा प्रक्रिया, लैङ्गिक उत्तरदायी बजेट, लैङ्गिक र युवा मैत्री सेवा प्रवाहका बिषयमा छलफल हुने कार्यक्रम संयोजक यामकुमारी लामिछानेले बताइन् । 

 तालिममा सहभागिहरुलाई स्वागत गर्दै सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामकी अध्यक्ष देबी पौडेलले स्थानीय सेवा प्रदायकलाई लैङ्गिकताका आधारमा हुने हिंसा केन्द्रीत लैङ्गिक र युवामैत्री सेवा प्रवाहका लागि सहयोग पुग्ने बताइन् ।  लैङ्गिक र युवामैत्री सेवा बिस्तारका लागि पुलिस, अदालत, सुरक्षित गृह, मनोसामाजिक परामर्शदाताजस्ता सेवा प्रदायकहरु र  स्थानीय सरकारको क्षमता अभिबृद्धि गर्ने र स्थानीय तहमा लैंगिक र युवा मैत्री सेवा सुरु गर्न सहयोग र पहल गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा ललितजंग शाहीले सहजिकरण गरिरहेका छन् । 

 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update