Sagun Khabar
बैतडीको पाटनमा सञ्चालन भएको पीपीएल क्रिकेटको उपाधि बिडिपिआईले चुम्यो 

बैतडी –बैतडीको  पाटनमा सञ्चालन भएको दोश्रो संस्करणको पाटन प्रिमियिर लिग ( पीपीएल–२)को उपाधि भिमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआई)ले जितेको छ । पाटन नगरपालिका  ६ स्थित  कृष्ण माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा ग्वाल्लेकलाई ४ विकेटले हराउँदै बिडिपिआईले उपाधि जितेको पाटन क्रिकेट क्लबका कोषाध्यक्ष किरन चन्दले जानकारी दिए  ।

ग्वाल्लेकले दिएको २०३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको भिमदत्त बहुप्रबिधिक शिक्षालय (बिडिपिआई)ले १८.४ बलमै लक्ष्य भेट्टाएको हो ।  उपाधि उचालेको बिडिपिआईले नगद १ लाख ११ हजार १११ रुपँैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी द्वितिय स्थान हासिल गरेको ग्वाल्लेक क्रिकेट क्लबले नगद ५५ हजार ५५५ रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक बोहरा म्यान अफ द सिरिजसहित बेस्ट ब्याट्सम्यान घोषित भएका छन् । उनले  १६ हजार ६६६ रुपैंया हात पारेका छन् । म्यान अफ द सिरिज बाफत ११ हजार १११  र बेस्ट ब्याट्सम्यान घोषित भए वाफत ५ हजार ५५५ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र उनले प्राप्त गरेका हुन् । 

यसैगरी उत्कृष्ट बलिङ गरेका ग्वाल्लेक क्रिकेट क्लबका दिपक जोशी बेस्ट बलर घोषित भएका छन् । उनले ५हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पाटन क्रिकेट क्लबको आयोजनामा पाटन प्रिमियिर लिग सिजन–२ असोज ३ गते देखि सञ्चालन भएको  थियो । प्रतियोगितामा २४ टोलीको सहभागिता थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update