Sagun Khabar
बैतडीको गुरुखोलामा सरोकारवालासंगको अन्तरक्रिया सम्पन्न 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोलामा अन्तरक्रिया सम्पन्न भएको छ । पीसवीन नेपालको आयोजना, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)  र भिएसओको सहयोगमा आइतबार अन्तरक्रिया सम्पन्न भएको पीसवीनका लोकेश भट्टले जानकारी दिए । 

दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयमा भएको अन्तरक्रियामा लैगिंक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तर्गत वडामा गरिएका कामको बारेमा जानकारी दिन अन्तरक्रियाको आयोजना गरिएको हो । अन्तरक्रियामा पीसवीनका कर्मचारी भट्टले परियोजना अन्तर्गत मणिलेक मावि गुरुखोलामा रुपान्तरण कक्षा सञ्चालनमा रहेको जानकारी दिए । बालविवाह अन्त्य, घरेलु हिंसा रोकथाम र किशोरकिशोरीहरुलाई बित्तीय सीपका लागि रुपान्तरण कक्षा सञ्चालनमा रहेको उनले बताए । 

यस्तै परियोजना अन्तर्गत लैगिंक हिंसा रोकथामका बिषयमा स्थानीय नागरिकलाई जानकारी दिने गरेको बताइएको छ । 

अन्तरक्रिया कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टले परियोजनाले गरिरहेको कामले लैगिंक हिंसा रोकथाममा सहयोग पुग्ने बताए । अन्तरक्रियामा वडा अध्यक्ष भट्ट, गुरुखोला प्रहरीचौकीका प्रतिनिधि लगायत स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update