Sagun Khabar
चोरी गरेको आरोपमा धनगढीका एक सुनचाँदी व्यवसायी पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली – चोरी गरेको आरोपमा धनगढीका एक सुनचाँदी व्यवसायी पक्राउ परेका छन् । धनगढी चौराहस्थित बुडर सुनचादी गहना पसलका सञ्चालक सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो । 

भारतको कर्नाटकमा चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको विशेष समूहले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेदप्रकाश जोशीले बताए । 

भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको बताइएको छ । चोरीको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update