Sagun Khabar
डडेल्धुरा सदरमुकाममा सडक विस्तार : मुआब्जाका लागि ९६ निवेदन 

डडेल्धुरा – डडेल्धुरा सदरमुकाम क्षेत्रको सडक विस्तार गर्न मुआब्जाका लागि ९६ स्थानीयले निवेदन दर्ता गरेका छन । गत कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मुआब्जाको दाबी गर्न जग्गाधनीलाई ३५ दिने सुचना प्रकाशित गरेको थियो । प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष मोहनराज जोशीका अनुसार पहिलो चरणमा सडकको दायाँ बायाँ १५÷१५ मिटरमा पर्ने जग्गाधनीलाई मुआब्जा दाबी गर्नका लागि ३५ दिने सूचना जारी गरिएको थियो । १०५ जना जग्गाधनीलाई मुआब्जा दाबी गर्नका लागि कित्ता नम्बर र सडकमा पर्ने क्षेत्रफलसहित सूचना जारी गरिएको थियो । 

उक्त सुचनाको आधारमा सडक डिभिजन कार्यालय डोटी कुलपातेमा ९६ जना जग्गाधनीले निवेदन गर्ता गरेको कार्यालयका ईञ्जिनियर रामचन्द्र जैशीले जानकारी दिए । अब मुआब्जा वितरण प्रक्रिया अघि बढ्ने उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

मुआब्जा वितरण गर्न पहिलो चरणमा २० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई प्राप्त भएको थियो ।  

अहिले २० करोड बजेट मुआब्जाका लागि आएकोमा बाँकी ६५ करोड भने चालू आर्थिक वर्षकै तेस्रो चौमासिकमा माग गर्न पत्राचार गरिएको छ । मुआब्जाका लागि ८५ करोड ६५ लाख बजेट आवश्यक पर्नेछ । यस्तै सडक फराकिलो पारि विस्तार गर्न ५२ करोड रुपिया विनियोजन गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update