बैतडीमा बस र ट्रक आपसमा ठोक्कीए
बैतडी- बैतडीमा बस र ट्रक एक आपसमा ठोक्कीएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको सुपप्र ११ ८६ नम्बरको यात्रुबाहक बस र पहाडबाट तराइ गइरहेको १९९३ नं को मिनिट्रक जिल्लाको सिउंडे नजिक एक आपसमा ठोक्कीएका हुन् ।
दशरथचन्द राजमार्ग भित्र पर्ने सुर्नया गाउँपालिका २ सिउंडे पत्तालभुमेश्वर जानेबाटोको तल्लो मोडमा बस र ट्रक एक आपसमा ठोक्कीएका बताइएको छ । बस र ट्रक एक आपसमा ठोक्कीएपनि मानवीय क्षति भने भएको छैन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १७:२५
प्रतिक्रिया दिनुहोस्




