Sagun Khabar
अछाममा जंगली बँदेलको आक्रमणबाट एकजना कर्मचारीको मृत्यु 

अछाम –अछाममा जंगली बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । शनिबार जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ षोडषा ४० वर्षीय केशर बोहराको मृत्यु भएको हो । 

उनलाई आज बिहान घर नजिकै बँदेलले आक्रमण गरेको र उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृतक बोहरा मेल्लेख गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत थिए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update