Sagun Khabar
लागु औषध चरेश सहित डडेल्धुरामा एक जना पक्राउ 

डडेल्धुरा –लागु औषध चरेश सहित सहित डडेल्धुरामा एक जना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय बिरबहादुर ऐर चरेश सहित पक्राउ परेका  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागु औषध (चरेश) रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

पक्राउ परेका ऐरका साथबाट ६.५४० किलोग्राम बरामद गरिएको भट्टले बताए । पक्राउ परेका ऐरमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update