बैतडीको पुर्चौंडीमा विदेशमा रहेका युवाको सहयोगमा मन्दिर निर्माण
बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ७ ऐरीगाउँमा महादेव मन्दिर निर्माण गरिएको छ । रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाहरुले चन्दा संकलन गरेर मन्दिर निर्माण गरेको मन्दिर निर्माण समितिका संयोजक पुरनसिंह ऐरले बताए ।
गौरा खेल्ने खलोमा स्थानीयहरुले कुलदेवता महादेवको मन्दिर निर्माण गरेको ऐरले बताए । रोजगारीको सिलसिलामा भारत लगायत विदेशमा रहेका युवाहरुले करीब डेढ लाख चन्दा संकलन गरेको र अन्य स्थानीयहरुले जनश्रमदानमा मन्दिर निर्माण गरेको ऐरले बताए ।
आफ्नो संस्कृति र धर्मको संरक्षणका लागि स्थानीय युवाहरु जागरुक भएर मन्दिरको निर्माण गरिएको ऐरले बताए । विदेशमा रहेका र गाउँमा रहेका युवाहरुको सक्रिय सहभागितामा मन्दिर निर्माण कार्य सम्पन्न भएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ १२:३९
प्रतिक्रिया दिनुहोस्




