बैतडी सदरमुकाम गढीको सडक स्तरोन्नती गरिँदै
बैतडी –बैतडी सदरमुकाम गढीस्थित सडकको स्तरोन्नती कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय देखि जिल्ला प्रहरी तथा नेपाली सेनाको हनुमानध्वज गुल्म जोड्ने र जिल्ला समन्वय समितिको कार्यालय जोड्ने सडक स्तरोन्नती कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
शहरी विकास तथा भवन कार्यालय मार्फत बिग बि एण्ड कम्पनीले सडक स्तरोन्नतीको काम गरिरहेको हो । ४४ लाखको लागतमा सडक स्तरोन्नतीको काम भइरहेको कम्पनीका प्रबन्धक निर्देशक विकास चन्दले बताए ।
सदरमुकाम क्षेत्रमा रहेका सडक स्तरोन्नती नहुँदा समस्या भएकाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सडक स्तरोन्नती कार्य भइरहेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ १६:५३
प्रतिक्रिया दिनुहोस्




