Sagun Khabar
बैतडीको उदय माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा टेक विश्वकर्मा

बैतडी- बैतडीको  सिगास  गाउँपालिका वडा नं ९ चुवागन्सुर स्थित उदय माविले नयाँ नेतृत्व चयन गरेको छ । बुधबार बसेको अभिभावकको भेलाले टेक विश्वकर्माको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

निर्वतमान विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि पूर्व जिल्ला समन्वय समिति सदस्य समेत रहेका विश्वकर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको विद्यालयका प्रधानाध्यापक द्रोण प्रशाद अवस्थीले जानकारी दिए । यस्तै बुधबारकै  अभिभावकको भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । रघुबिर ऐरको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको उनले बताए । 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका टेक विश्वकर्माले विद्यालयको सर्वांगीण विकासका लागि काम गर्ने  बताए । पछिल्लो समय शिक्षाको गुणस्तर खस्कीदै गएको भन्दै  उनले शैक्षिक गुणस्तर  सुधारका लागि नयाँ शिराबाट काम गर्ने बताए ।

विद्यालयमा दरबन्दी अभाव देखि लिएर अन्य समस्या पनि भएकाले सबैको सहयोग प्राप्त भए विद्यालयलाई नयाँ पन दिने सोच बनाएको उनले बताए । नमुना बनेका विद्यालयहरु संग समेत  समन्वय गरेर विद्यालयको चौतर्फी विकासमा लागि पर्ने अध्यक्ष विश्वकर्माको  भनाई  छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update