Sagun Khabar
बैतडीः मायाका हत्या आरोपीमाथि अनुसन्धान गर्न फेरि म्याद थप

बैतडी- बैतडीको पञ्चेश्वरकी माया लुहारको हत्या आरोपीमाथि अनुसन्धान गर्न  फेरि  म्याद थप गरिएको छ । पञ्चेश्वर ४ फ्याउलीकी २१ वर्षीया  लुहारको हत्या आरोपी भरतराम कोलीमाथी अनुसन्धानका लागि दोश्रो पटक म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राजा जोशीले  जानकारी दिए ।

उनका अनुसार अभियुक्त माथि छानविन गर्न  पहिलो पटक १० दिनका लागि म्याद गरिएको  थियो । फेरि अहिले दोश्रो पटक पनि १० दिनका लागि म्याद थप गरिएको छ । पहिलो पटक मंसिर १९ गते अदालतबाट १० दिनका लागि म्याद थपिएकोमा मंसिर २८ मै म्याद सकिएपछि  अहिले फेरी १० दिन म्याद थप गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।  

सशस्त्र प्रहरी जवान समेत रहेका शिवनाथ ४ बस्ने कोलीले मायालाई शिवनाथ गाउँपालिका ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएर हत्या गरेका थिए । मायासँगै गएकी नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् । 

लुहारको  मंसिर १३ गते घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।  उनीसँगै गएकी नेहा लुहारको घाँटीमा चक्कु प्रहार गरि गम्भी अवस्थामा फेला परेकी थिइन्।  घाइते नेहाको   अहिले पनि उपचार भइरहेको छ । त्यसपछि कोलीको नाममा मृतक मायाका आफन्तले उजुरी दिएका थिए । कोलीलाई १८ गते कञ्चनपुर प्रहरीले महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार कोलीले हत्या  स्वीकार  पनि गरीसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update